aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुखमा झुण्डिएको अवस्थामा शव फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
रुखमा झुण्डिएको अवस्थामा शव फेला

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको जंगलमा रुखमा झुण्डिएको अवस्थामा वेवारिसे पुरुषको शव भेटिएको छ। नगरपालिकाको वडा नम्बर १२ रातापानी सामुदायिक वनमा सडेर चिन्न नसकिने अवस्थामा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

नाम थर तथा वतन खुल्न नसकेको अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनकाअनुसार पहेँलो रङको बाटिएको डोरीले झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

शव, पाँच फिट छ इन्च उचाई रहेको, माथिल्लो शरिरमा कालो बुट्टेदार टि–सर्ट र तल्लो शरिरमा कालो हाफ पाईन्ट,बायाँ हातको साहीली औलामा चाँदीको जस्तो देखिने औंठी, कालो रङको मख्लर, कालो चुच्चे टोप लगाएको पाइएको छ ।

साथै माटो लागेको डाइसेल लेखिएको खैरो रङको झोला, कालो रंगको एक जोर चप्पल, खैरो रङको जिन्स पाईन्ट, रक्सीको बोतल समेत फेला परेको प्रहरीले जानकारी दिए। वेवारिसे शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको र पहिचान भएका जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस