
मकवानपुर । विमान दुर्घटनाको हल्लाले एक्कासि बुधबार दिउँसो हल्लीखल्ली मच्चिए पनि वास्तविकता भने अर्कै भएको पुष्टि भएको छ ।
मकवानपुर जिल्लाको मकवानपुरगढी र बकैयाबीचमा धुवाँको मुस्लो देखिएपछि विमान दुर्घटना भएको आशंकाले चिसिएको काठमाडौंसहित धेरै शहरलाई तताएको थियो ।
तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल रुमले सबै विमानहरु सम्पर्कमा रहेको बताएपछि हल्ला केही मत्थर भएपनि धेरैले हेलिकप्टर हुन सक्ने आशंका समेत गरेका थिए । मकवानपुर प्रहरीको एक टोली समेत आगोको मुस्लो देखिएकोतर्फ गएको थियो ।
तर जंगलमा देखिएको आगोको मुस्लो जंगलमा लागेको आगोबाट निस्केको पुष्टि मकवानपुर प्रहरीले गरेपछि हल्ला शान्त भएको थियो ।
मकवानपुर जिल्लाको मकवानपुरगढी र बकैया गाउँपालिकाको सीमामा रहेको बतासे डाँडाको जंगलमा देखिएको आगोको मुस्लो जङ्गलमा आगो लागेपछि निस्केको पत्ताे पाएका थिए ।
प्रतिक्रिया दिनुहोस