aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रबासी नेपालीको गुनासो - मोदीले आश देखाए अनि पारे हिस्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
प्रबासी नेपालीको गुनासो - मोदीले आश देखाए अनि पारे हिस्स

पन्जाब (भारत)। पन्जाबका जालन्धरमा सपरिवार २४ वर्षदेखि बस्दै आएकी गुल्मी रेसुंगाकी शान्ता पोखरेललाई नेपालमा फोन गर्न झन्झट लाग्छ । कारण हो- महँगो शुल्क । पोखरेलजस्ता प्रवासी नेपाली र भारतबाट नेपालमा फोन गर्ने सबैको
समस्या यही यो।

'नेपाल फोन गर्दा मिनेटको आईसी १२-१४ जति (१९-२२ नेरु) लाग्छ, नेपालबाट ३ रुपैयाँमा यहाँ गर्न सकिन्छ,' उनले कान्तिपुरसँग भनिन्, 'सस्तो कलको प्याकेज लिने हो भने ४०-५० (६४-८० रुपैयाँ) तिरेपछि, मिनेटको ८-९ (१२-१४ रुपैयाँ) मा गर्न सकिन्छ, नत्र झन्म हँगोमा परिन्छ।

भारतमा बस्ने नेपालीले टेलिफोन शुल्क महँगो भयो भनेर वर्षोंदेखि आवाज उठाए पनि सुनुवाइ भएको छैन । 'प्रवासी संगठनमार्फत नेपाल सरकारका मन्त्री र नेताहरूसम्म कुरा पुयाएका छौं, तर शुल्क घटेको छैन,' पोखरेलले भनिन्, 'नेटबाट गर्दा त सजिलै हुन्छ तर एकातिर नेट नभए पनि कुरा गर्न मिल्दैन । अनि, महँगो पैसा तिरेरै फोन गर्नुपर्ने बाध्यता छ।'

जालन्धरबाट घर गएका प्यूठानका विकास विकलाई भारत र नेपालबाट फोन गर्दा हुने अन्तरबारे रानै अनुभव छ । 'इन्डियामा आईसी ५० को रिचार्ज हालेर नेपाल फोन गर्दा ४-५ मिनेटमै पैसा सकिन्छ तर नेपालमा ३ रुपैयाँ मिनेटमा कुरा गर्न पाइँदा नेपालबाट ५० रुपैयाँले भारतमा फोन गर्दा १६-१७ मिनेट चल्छ,' उनले भने, 'आवश्यक पर्नेले भारतबाट मिसकल गर्ने अनि नेपालबाट फोन गर्ने हो भने मात्र सस्तो पर्छ, नत्र महँगोमा परिन्छ।'

नेपाल भ्रमणका बेला ०७१ साउन १८ गते संसद्मा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा गर्ने फोनको शुल्क घटाउने बताएका थिए । शुल्क महँगो भएकाले 'नमस्कार' भनेर राख्नुपर्ने बाध्यता हटाउन दुवै देशका सेवा प्रदायकबीच समन्वय हुने उनको प्रतिबद्धता थियो।

'इन्डियाबाट नेपालमा फोन गर्दा मिनेटको आईसी साढे १२ तिर्नुपर्छ । सेकेन्ड सिस्टम (कम पल्स आवर) ले हेलो भनेर फोन काटियो भने पनि त्यति नै जान्छ,' जालन्धरमा २५ वर्षदेखि कार्यरत बुटवलका शंकर गैरेले भने। मोदीको घोषणालगत्तै भारतीय कम्पनीहरूले टर्मिनेसन (इन्टर- कनेक्सन) शुल्क घटाएका थिए।

सरकारी स्वामित्वको टेलिकम बीएसएनले प्रतिमिनेट लाग्दै आएको १० भारुबाट घटाएर नेपालमा फोन गर्दा लाग्ने शुल्क भारु ६ बनायो पनि । तर भारतबाट नेपाल फोन गर्दा लिइने टर्मिनेसन शुल्क आम्दानीको राम्रो स्रोत भएकाले नेपाली कम्पनीहरूले त्यसलाई घटाउनतर्फ चासो देखाएनन् । जसले गर्दा भारतका नेपालीले अझै पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। 

१८औं सार्क शिखर सम्मेलनमा नेपाल छंदा राष्ट्रिय ट्रमा सेन्टर उद्घाटनका क्रममा ०७१ मंसिर ९ गते मोदीले नेपालकै कारण फोन शुल्क महँगो भएको समेत सुनाएका थिए। प्रवासी नेपालीले नेपालबाट लाग्ने शुल्क जति नै बनाउन माग गरेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलले मार्च २५ मा जारी गरेको विज्ञप्तिअनुसार आफ्ना प्रिपेड प्रयोगकताले नेपालमा फोन गर्दा प्रतिमिनेट ७९९ भारु तिर्नुपर्छ भने बंगलादेशका लागि त्यो शुल्क प्रतिमिनेट २.९९ भारु मात्र पर्छ । 

उसले यसअघि बंगलादेशमा प्रतिमिनेट १२ र नेपालमा १३ भारुबाट घटाएको बताएको थियो । अर्को मोबाइल सेवा प्रदायक कम्पनी भोडाफोनले पनि नेपाल फोन गर्दा प्रतिमिनेट भारु १२ नै लिने गरेको छ । त्यसैगरी भारतमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रिलायन्सको जियोका ग्राहकले पनि नेपाल फोन गर्दा प्रतिमिनेट भारु १२ नै तिर्नुपर्ने बाध्यता छ।

फोन शुल्क महँगो भएकोमा नेपालका टेलिफोन कम्पनी र दूरसञ्चार प्राधिकरणसँग परराष्ट्र मन्त्रालयले केही चरण छलफल पनि गरेको थियो। तर कुनै निष्कर्ष आएन । पन्जाबको लुधियानामा कार्यरत प्रवासी नेपाली एकता मञ्चका सल्लाहकार हरिप्रसाद घिमिरेले प्रवासीका समस्या सुन्न सरकारसँग माग गरे। यो समाचार आजको कम्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस