aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेप्सेकाे अधाेगति साता अन्तमा पनि कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
नेप्सेकाे अधाेगति साता अन्तमा पनि कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन बिहीबार घटेर बन्द भएको छ । आइतबार १.१७ अंक र सोमबार १७.७७ अंकले बढेर नेप्से मंगलबार २.३७ अंक र बुधबार १.८२ अंकले बढेर ११६८.०३ बिन्दुमा पुगेको नेप्से बिहीबार ० दशमलव ६२ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ४१ बिन्दुमा ओर्लेको छ ।

कुल १७२ वटा कम्पनीको १६ लाख ४१ हजार २ सय ११ कित्ता शेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँमा कारोबार भएको छ । यस दिन परिसूचक घटे पनि शेयर संख्या र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । 

आज कारोबारमा आएका समूहमध्ये बैंकिङ्, व्यापार, बिकास बैंक र लाईफ इन्स्योरेन्स बढेको छ भने अन्य बाँकी सबै समूह घटेका छन् । 

आज नेपाल बैंक लिमिटेडको ४ लाख १७ हजार ३ सय ४० कित्ता शेयर कारोबार रु. १३ करोड २२ लाख भन्दा बढीमा कारोबार भई सबैभन्दा धेरै कारोबार भएको देखिएको छ । त्यस्तै एनआइसी एसिया बैंकको ११ प्रतिशतवाला डिबेन्चर ६ करोड बढीको कारोबार भएको छ । 

त्यसैगरि नेपाल सेवा लघुवित्तका लगानीकर्ताले भने आज सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ८ दशमलव ८० प्रतिशतले बढे प्रतिशेयर ५ सय ४४ रुपैयाँसम्म कारोबार भएको छ । त्यस्तै धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । उक्त कम्पनीको शेयर मूल्यमा ७ दशमलव ६२ प्रतिशतले गिरावट आई प्रतिशेयर मूल्य १०९ रुपैयाँमा कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस