aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युवतीलाई बलि दिने योजनामा संलग्न सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
युवतीलाई बलि दिने योजनामा संलग्न सात जना पक्राउ

काठमाडौं । काठमाडौंकी एक युवतीलाई बलि दिने योजनामा संलग्न सात जनालाई पक्राउपछि प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मलेन गरेर नवलपरासी कावासोतीका कृष्ण तामाङ, सप्तरी राजविराजका उमेश साह, दाङ घोराहीकी दिलकुमारी बूढामगर, मोरङ विराटनगरका दिलिप पोदार, धादिङ झार्लाङका प्रेमा तामाङ र सुनसरीका रंजितकुमार चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

“घटनाको प्रारम्भिक अनुसन्धानमा निज पक्राउ व्यक्तिहरुले मोटो आर्थिक रकम पाउने आशमा ६ फिट उचाइ भएको महिला युवती खोज्दै विराटनगर हुँदै तान्त्रिक पुजाको लागि बोर्डर पार गराउने योजना देखिएको मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहारको मन्दिरको बाबालगायत अन्य व्यक्तिहरुले पैसा दिई सम्पर्क गरेको देखिएको संलग्न प्रेम माया र कृष्णले ५ लाख पाउने आश्वासन पाएको साथै अन्य व्यक्तिहरुले केही रकम बरामदी गरिएको बाहेक ठूलो मात्रामा रकम पाउने प्रलोभनमा परी योजना बनाइदिएको,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पीडित युवतीलाई प्रहरीद्वारा समयमा नै उद्धार नगरिएको भए नेपाल बोर्डरपार गराई कुनै पनि किसिमका गम्भीर अपराधिक घटना घटाउन सक्ने देखिएको हुँदा पक्राउ व्यक्तिहरुलाई उपर जोही लिई अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस