aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

घुस लिँदै गर्दा शसस्त्रका इन्स्पेक्टरसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
घुस लिँदै गर्दा शसस्त्रका इन्स्पेक्टरसहित दुई जना पक्राउ

भैरहवा । अदालतका कर्मचारी पक्राउ गरेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले घुससहित शसस्त्र प्रहरीका निरिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ ।

घरायसी सामाग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी निरिक्षक तेज बहादुर जोरा र सहायक हवल्दार विरेन्द्र प्रसाद चौधरीले ६ हजार रुपंैयाँ घुस लिँदैगर्दा रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुलाई गैडहवा गाउँपालिका–३ सगरहवाबाट नियन्त्रणमा लिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस