एजेन्सी नुरसुल्तान । मध्य एशियाली मुलुक कजाकस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । १०० जना यात्रु सवार विमान १४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने २२ जनालाइ अस्पताल भर्ना गिरएकाे अन्तराष्टि्य समाचार संस्थाहरूले जनाएकाे छ । अन्यकाे उद्धार भइरहेकोसमेत जनाइएको छ । मृत्यु हुनेमा ६ बलबालिका पनि छन् ।
शुक्रबार बिहानै दुर्घटना भएको विमान दुई तले घरमा बजारिँदा टुक्राटुक्रा बनेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका छन् ।
विमानमा ९३ जना यात्रु रहेको बताइएको छ । बेक एयरको फ्लाइट नम्बर जेड ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस