aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजेपछि…

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
१७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजेपछि…

क्यालिफोर्निया । अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् ।

लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा ठोक्किन पुग्यो ।

यो घटना गत बिहीबारको हो । क्यालिफोर्नियाको फ्रेस्नो योसेमाइट अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको सानो विमानलाई ती किशोरीले चोरी गर्न खोजेकी थिइन् ।

विमानस्थलको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको घेरालाई पार गर्दै ती किशोरी विमानसम्म पुगेकी थिइन् ।

घटनाबाट कुनै व्यक्ति घाइते भने भएका छैनन् । विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती किशोरीलाई तत्काल पक्राउ गरिसकेका थिए ।

अहिले ती किशोरीमाथि विमान चोरी गर्न खोजेको तथा विमानस्थलको नियम उल्लंघन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस