
काठमाडाैं । मकवापुरमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् ।
मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिकचन्द्रनिगापुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएकाे हाे ।
हालसम्म मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । नौ जना सवार रहेका यात्रु मध्ये एक सकुशल रहेकाे घाइतेलाइ काठमाडाैं तर्फ पठाइएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस