aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

८ हजार घुससहित प्रहरी हवल्दार श्रेष्ठ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
८ हजार घुससहित प्रहरी हवल्दार श्रेष्ठ पक्राउ

विराटनगर । मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठ तथा फर्निचरसँग सम्बन्धित व्यवसायी गर्ने व्यापारीबाट लिएको ८ हजार रुपैयाँसहित हवल्दार राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले हवल्दार श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।

हवल्दार श्रेष्ठले व्यवसाय तथा कारोबारमा सहजीकरण गरिदिने भन्दै घुस लिएका बुझिएको छ ।

श्रेष्ठलाई घुस लिइसकेको अवस्थामा झापाको दमकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस