aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एउटा पाइलट जसले उडानबाट जति कमाए त्योभन्दा धेरै गुमाए

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शनिबार, १२ पुस २०७६
एउटा पाइलट जसले उडानबाट जति कमाए त्योभन्दा धेरै गुमाए

काठमाडौं । ‘पाइलट’ यो त्यस्तो परिचय हो जसको बारेमा धेरै व्याख्या जरुरी छैन । मान, इज्जत, प्रतिष्ठा र पैसा सबैको संगम भएको पेसा मानिन्छ यो । त्यसैले अझै पनि हाम्रो समाजमा आशीर्वाद दिँदा भन्ने गरिन्छ ‘डाक्टर, इन्जिनियर, पाइलट बन्नु ।’ 

यो त्यस्ता पाइलटको कथा हो, जसले आकाशमा धेरै वर्ष बिताए । जीवनमा आएको एउटा आँधीका कारण पाइलट पेसा नै छाडे । तर, जहाजले उनको साथ छाडेन । चार दशक ‘पाइलट’ को परिचयका साथ बिताएका उनी हुन ‘फिजु नेपाली’ । र, यो आरोह, अवरोहपूर्ण जीवन कथा उनै ७३ वर्षीय फिजुको हो । जसले टुवीनटर विमानदेखि बोइङ ७५७ को कमान्डरसम्म भएर काम गरे । 

पाइलट बन्न लम्किएका पाइला 
फिजुले पाइलट बन्ने त सपनामा पनि सोचेका थिएनन् । राम्रो इन्जिनियर बन्ने जीवनको लक्ष्य थियो । त्यसैले त्यही पढे । इन्जिनियरिङ पढेर जागिर खाइरहेका थिए । तर, अचानक मन बदलियो । आफ्नो सोचलाई परिवर्तन गरेर पाइलट बन्ने बाटोतिर मोडिए । आकर्षणको कारण थियो, सरकारी छात्रवृत्ति । 

त्यसबेला सरकारले पाइलट पढ्ने विद्यार्थीको लागि छात्रवृत्ति दिने गथ्र्याे । पाइलट पढ्ने व्यक्तिलाई छात्रवृत्ति दिने भनेर गोरखापत्रमा विज्ञापन आएपछि उनले पनि आवेदन दिए । निवेदन दिएको एक वर्ष पछाडि नतिजा आयो जसमा उनी पनि छनोट भए । त्यसमा २४ जना छानिएका थिए ।

नेपालीसँगै छात्रावृत्ति पाएका अरु २३ जना अहिलेसम्म पनि फ्लाइङ गरिरहेका छन् । उनी भन्छन्–‘नेपालजस्तो भौगोलिक रुपमा जोखिम र धेरै हवाई दुर्घटना हुने ठाउँमा पनि पर्याप्त फ्लाइट गर्न पाउँदा  खुशी लाग्छ ।

यसरी उनले इन्जिनियर पेसालाई स्थगित गरे र जहाज उडाउने काम रोजे । नेपालमा अहिलेसम्म पनि पाइलट बनाउने, पढाउने व्यवस्था छैन । उनको पालामा हुने कुरै भएन । त्यसैले क्यानडामा पाइलट पढे । नेपालीसँगै छात्रावृत्ति पाएका अरु २३ जना अहिलेसम्म पनि फ्लाइङ गरिरहेका छन् । उनी भन्छन्–‘नेपालजस्तो भौगोलिक रुपमा जोखिम र धेरै हवाई दुर्घटना हुने ठाउँमा पनि पर्याप्त फ्लाइट गर्न पाउँदा  खुशी लाग्छ ।’ हुन पनि उनले ४० वर्षको अवधिमा २१ हजार घण्टा फ्लाइट गरिसकेका छन् । 

नेपाल एयरलाइन्सबाट यात्रा शुरु
क्यानडाको एक वर्षको पाइलट ट्रेनिङपछि फर्किएर उनले नेपालमा काम थाले । सन् १९८१ मा तत्कालीन शाही नेपाल वायुसेवा निगममा काम गर्न पुगे उनी । त्यहाँ २३ वर्ष काम गरे । त्यसपछि सन् २००३ डिसेम्बरमा उनले जागिरबाट राजीनामा दिए । अनि शुरु गरे आफ्नै कम्पनी, ‘सीता एयर’ ।  परिवारका सदस्यसहितका सहभागितामा शुरु गरेर उक्त कम्पनी सन् २०१६ सम्म चलाए । त्यसपछि स्वास्थ्यको खराबीका कारण त्यसलाई बेच्न पुगे । स्वास्थ्य ठिक भएपश्चात मकालु एयर खरिद गरे । 

छोराको मृत्युपछि उनको परिवारमा एयरलाइन्सको व्यवसायप्रति नै वितृष्णा आयो । कसैलाई पनि त्यो व्यवसाय गर्ने सोच नै भएन । आखिर जहाज उडाएर उनले जति कमाए, छोरो गुम्दा सायद त्यतिनै वा त्योभन्दा बढी गुमाए । त्यसैले एयरलाइन्स सञ्चालनको रहर नै त्यो परिवारले त्याग्यो ।

मकालु एयर खरिद 
मकालु खरिदका लागि उनलाई कुनै चाहना थिएन । तर, छोराले एयरलाइन्समा रूची देखाएको भएर उनले त्यसमा लगानी गरे । मकालु खरिद गरेको ३ महिनामा ६ वटा जहाज थपे । तर, दुर्भाग्यबस २०७५ जेठ २ गते हुम्लामा भएको जहाज दुर्घटनामा उनका छोराको मृत्यु भयो । छोराको मृत्युपछि उनको परिवारमा एयरलाइन्सको व्यवसायप्रति नै वितृष्णा आयो । कसैलाई पनि त्यो व्यवसाय गर्ने सोच नै भएन । आखिर जहाज उडाएर उनले जति कमाए, छोरो गुम्दा सायद त्यतिनै वा त्योभन्दा बढी गुमाए । त्यसैले एयरलाइन्स सञ्चालनको रहर नै त्यो परिवारले त्याग्यो ।

त्यसपछि उनको व्यावसायिक जीवनमा नयाँ मोड आयो । अन्ततः उनले मकालु एयरको जहाज बिच्ने निर्णय गरिसकेका छन् । उनले जहाज उडाउन पाउने डेढ वर्षको समय बाँकी रहेकाले पुनः नेपाल एरलाइन्समा नै  फर्केर करारमा काम गर्ने सोच छ । त्यसपछि एकेडेमी खोल्ने उनको सोच रहेको छ । 

यसकारण पलायो एकेडेमी खोल्ने सोच
अबको डेढ वर्षपछि फिजुले एकेडेमी खोल्ने भएका छन् । पाइलट पढ्न मन भएका विद्यार्थीको लागि नेपालमै पाइलट पढ्ने अवसर सिर्जना गर्न लागेका हुन्, उनी । उनी भन्छन्–‘नेपालमा रहेका कम आयस्रोत भएका विद्यार्थीले पनि पढ्न सकुन् भन्ने उद्देश्यले एकेडेमी खोल्न लागेको हुँ । विदेशमा पढ्न जाँदा एक करोड रुपैयाँ खर्च लाग्छ भने नेपालमा पढ्दा ५० देखि ६० लाखसम्ममा पाइलट पढ्न सकिन्छ ।’

नेपालमै पाइलट कोष पूरा गर्ने एकेडेमी खोल्नको लागि ठूलो लगानी आवश्यक हुन्छ । नेपालमा पढाई हुने पहिलो एकेडेमी हुने भएकाले यसको लागि नेपाल एयरलाइन्स र सरकारको सहयोग चाहिने उनको भनाइ छ । पाइलट पढ्न विदेशमा जानुपर्ने बाध्यता रहेकाले उनलाई एयरलाइन्सका महाप्रबन्धक र विभागीय मन्त्रीले पनि एकेडेमी खोल्न प्रोत्साहन गरेका छन् । 

२० लाख पर्यटक कहाँ ओराल्ने ?
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य सरकारले लिएको छ । तर, त्रिभुवन विमानस्थलले भने यति पर्यटक धान्न नसक्ने अवस्था छ । नेपालमा पूर्वाधार नहुँदा पनि ११–१२ लाखको हाराहारीमा पर्यटक आउनु भनेको एकदम राम्रो मान्नुपर्ने उनी बताउँछन् ।

ईयुले नेपालको हवाई सेवा राम्रो नभएको कारण कालोसूचीमा राखेको छ । तर, पर्यटक नेपाल आउन छोडेका छैनन् । नागरिक उड्डयन प्राधिकरणदेखि पाइलटसम्म सबै संवेदनशील छौं । तर, जुन हिसाबको विमान आएको छ त्यो चापले गर्दा कहिले काहिँ त्रुटी देखिने उनी बताउँछन् । सरकारले घोषणा गरेको सन् २०२० मा २० लाख पर्यटकलाई ओराल्ने व्यवस्थापन गर्ने एयरपोर्ट नेपालमा नभएको उनको दाबी छ ।

 उनी भन्छन्–‘हाम्रोमा २० लाख पर्यटक आउँथे यदि एयरपोर्ट राम्रो भएको भए । २० लाख पर्यटकलाई व्यवस्थापन गर्ने कोसिस गरे पनि त्यो सम्भव देखिएको छैन । चीनको ७ ठाउँबाट जहाज यहाँ आइरहेका छन् । त्यसलाई  आएर जाने समय र ठाउँ दिन सकिरहेको छैन । नेपालमा सबै कुराले धान्छ । तर, एयरपोर्टले धान्न सक्दैन ।’

यो काम सरकारले नओगटेर बरु निजी कम्पनीलाई दिनुपने उनको जोड छ ।  सरकारले त्यसलाई निगरानी मात्र गर्ने हो । उसले देशको नियमविपरित काम गर्यो भने उसलाई सचेत गराउने हो । तर, काम निजी कम्पनीलाई दिनुपर्छ । सरकारले आफंैले गर्ने हो भने लगानीको कुरा गर्दा गर्दै ५ वर्ष बित्ने भएकाले सरकारले ठूला योजना लिनु राम्रो नभएको उनको भनाइ छ । 

जहाज दुर्घटनाको मुख्य कारण 
नेपालमा जहाज दुर्घटना हुनुको मुख्य कारण भनेको फ्लाइङ नै कठिन भएर हो । नेपालमा रहेको पहाडलाई छलेर जहाज उडाउन गाह्रो हुँदा दुर्घटना हुने गर्दछ । पहाडको बीचबाट, नदीको करिडोरलाई रूट बनाएर आफ्नो गन्तब्यमा पुग्नुपर्ने हुन्छ । यस्तो अप्ठ्यारो अवस्थामा पनि जहाज सकुसल अवतरण हुनु भनेको राम्रो मान्नुपर्छ । ठूला जहाज लैजान सकिँदैन । पटक– पटक १८ जना लगेर छोड्ने र पुनः आउने जाने क्रममा कहिले काहिँ मौसमको कारणले दुर्घटना हुनपुग्छ ।

उडिसकेका जहाज जबरजस्ती गन्तब्यमा पुग्न खोज्ने भएकाले मौसमलाई चूनौती दिने क्रममा दुर्घटना हुन्छ । यो सबै नेपालीले भोगेर जानेको कुरा हो । नेपालमा धेरै जहाज डाँडामा ठोकिएर र बाटो बिराएर दुर्घटना भएका छन् । धेरैजसो दुर्घटनामा पाइलटलाई नै दोषी देखाउने गरिन्छ । आन्तरिक उडान गर्दा मौसमअनुसार रात पर्नुभन्दा आधा घण्टा अगाडि उडान बन्द गर्नुपर्ने उनले बताए । 

अन्तर्राष्ट्रिय फ्लाइटमा यात्रु र पाइलटको बीचमा कुनै सम्पर्क हुँदैन । यदी फ्लाइङ गर्न नसक्ने अवस्था भयो भने पाइलटले जहाज ल्यान्डिङ गर्छ । समय अनुकुल भएपछि पुनः उडान गर्ने भएकाले अन्तर्राष्ट्रिय उडानमा दुर्घटना हुने सम्भावना कम हुन्छ । 

आन्तारिक फ्लाइटमा बढी दुर्घटना हुनुको कारण प्यासेन्जर र पाइलट एकै ठाउँ रहनु पनि हो । पाइलटलाई यात्रुले जसरी भए पनि आज यो समयमा पुग्नुपर्छ, मेरो यो काम छुट्छ, अस्पताल जानुपर्छ जस्ता कुरा गर्ने परिपाटी धेरै हुन्छ । त्यसकारण पाइलटले पनि छिटोभन्दा छिटो आफ्नो गन्तब्यमा पुग्न खोज्दा कहिले काहिँ मौसमको कारणले त कहिले आफ्नै कारणले दुर्घटना निम्तिने गर्छ । तर, अन्तर्राष्ट्रिय फ्लाइटमा यात्रु र पाइलटको बीचमा कुनै सम्पर्क हुँदैन । यदी फ्लाइङ गर्न नसक्ने अवस्था भयो भने पाइलटले जहाज ल्यान्डिङ गर्छ । समय अनुकुल भएपछि पुनः उडान गर्ने भएकाले अन्तर्राष्ट्रिय उडानमा दुर्घटना हुने सम्भावना कम हुन्छ । 

पाइलटले आफूलाई नियन्त्रणमा राख्नुपर्छ । एउटा पाइलटले १ घण्टा बराबर ४ देखि ५ हजार रुपैयाँ भत्ता स्वरूप पाउँछ भने मासिक तलब ७५ हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म हुने उनले बताए । 

डोल्पा, लुक्ला, जुम्ला जहाजको लागि जोखिम 
नेपालभित्र आन्तारिक उडान गर्नको लागि सबैभन्दा जोखिम ठाउँमध्ये डोल्पा, लुक्ला, जुम्ला रहेको पाइलट नेपाली बताउँछन् । यो क्षेत्रमा अनुभवी पाइलटले मात्र फ्लाइङ गर्न पाउँछन् । नयाँ पाइलटको लागि यो ठाउँ उपयुक्त मानिँदैन । यो क्षेत्रमा ९ हजार ५ सय फिटभन्दा अग्गा डाँडा, छोटो  रनवे र हावा लाग्ने भएकाले यो ठाउँलाई पाइलटहरूले खतरा मान्दै आएको उनले जानकारी दिए । 

हवाई दुर्घटना कसरी कम गर्न सकिन्छ ?
नेपालमा एउटा पाइलटले दैनिक ८ घण्टाभन्दा बढी उडान गर्न नपाउने नियम छ । तर, नेपाली पाइलटले पैसाको लोभमा तोकिएको समयभन्दा बढी फ्लाइट गरिरहेको उनले बताए । त्यसो गर्न छुट दिने परिपाटी यहाँ छ ।

उनले भने–‘हामी पाइलटलाई फेल गर्न हिचकिचाउछौं ।’ एकदमै दिनै नहुने मान्छेलाई मात्र फेल गराउने गरेको उनले बताए । हामी पास गर्ने मापदण्डमा पनि कडाइ हुनुपर्छ । एसोसिएसनमा सदस्यता दिने बेलामा कडाइका साथ हेर्नुपर्छ । उनी भन्छन्–‘त्यति गरियो भने जहाज दुर्घटना धेरै कमी आउँछ । ’

प्रतिक्रिया दिनुहोस