aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बूढीगण्डकी बारे संसदमा रडाको, सांसदको यस्तो छ शंका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ पुस २०७६
बूढीगण्डकी बारे संसदमा रडाको, सांसदको यस्तो छ शंका

काठमाडौँ । बूढीगण्डकी जलविद्युत्आ योजनाको मुआब्जा विवाद चर्किदै गएपछि सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष सांसदले चिन्ता व्यक्त गरेका हुन्।

राजनीतिक दलका नेता पनि आयोजनाविरुद्ध धर्नामा बस्न थालेपछि आफूलाई डर पैदा भएको सत्तारुढ नेकपाका सांसद दिनानाथ शर्माले बताए। ‘राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनामा कुनै बाधा व्यवधान हुनुहुँदैन भन्ने हामी सबैको चाहना हो', शर्माले भने, 'हामी सबै राजनीतिक दलका नेता जनताका कुरा सुन्ने र समस्याको हल गर्ने काममा अग्रसर हुनुपर्छ तर राजनीतिक दलका नेता पनि मुआब्जा विवादको धर्नामा बस्न थालेपछि डर पैदा भएको छ।'

पुनले प्रभावित जनतालाई न्यायोचित मुआब्जा वितरण गर्न सरकार तयार रहेको बताए।

मुआब्जा निर्धारण र वितरण ने मुख्य समस्या हो, गुनासो सुन्ने कानुनी व्यवस्थाअनुसार नै काम भइरहेको छ', उनले भने, 'वर्गीकरणमा मर्का परेको भए त्यसलाई पुनर्विचार गर्न गृहसचिवसँग छलफल गरिरहेका छौं, मुआब्जाबाट हुने ठाउँमा मुआब्जाबाट र पुनर्वासको ठाउँमा पुनर्वासको व्यवस्था गरेर समस्या समाधान गछौं ।'

मन्त्री पुनले लाभकर छुटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको बताए। 'गोरखा र धादिङमा फरक- फरक मुआब्जा तोकियो, त्यसले समस्या ल्यायो,' उनले भने, 'मुआब्जाको विरोध भयो, हामी कानुन र विधिमार्फत मर्का परेकाको समस्या समाधान गर्न तयार छौं ।'  यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस