aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अम्वानी ग्रुपको सफलताः भूजिया व्यापारीदेखि अर्बौ डलरको मालिकसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ पुस २०७६
अम्वानी ग्रुपको सफलताः भूजिया व्यापारीदेखि अर्बौ डलरको मालिकसम्म

काठमाडौं ।  एसियाका धनाढ्यहरुमध्ये मुकेश अम्बानीको सन् २०१९ मा सबैभन्दा बढी नेटवर्थ भएको कम्पनीका मालिक भएका छन । उनको सम्पत्तिमा एक लाख करोड भारतीय रुपयाँ भएको भारतिया संचार माध्यमले जनाएका छन् । अलिबाबाका मालिक ज्याक माको सम्पत्तिमा भने ८० हजार करोड भारुको मात्र छ । 

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको कुल सम्पत्तिमा १ जनवरीदेखि २३ डिसेम्बरसम्म १६.५ अर्व डलर थप भएको छ ।  रिलायन्स इन्डष्ट्रिजको शेयरमा यो वर्ष ४० प्रतिशतले वृद्धि भएको छ जसबाट उनलाई सर्वाधिक नाफा प्राप्त भएको हो । 

अम्बानीसंग रिलायन्स इन्डष्ट्रिजको ४७ प्रतिशत भन्दा बढी शेयर छ । ब्लूमबर्ग बिलेनियर इंडेक्सका अनुसार अम्बानीको मौजूदा नेटवर्थ ६०.८ अर्व डलर छ । चीनको सबैभन्दा ठुलो  ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक  माको नेटवर्थ यो वर्ष ११.३ अर्व डलर बढेर मौजूदा नेटवर्थ ४७ अर्व डलर पुगेको छ । 

रिलायन्सले बिगत केहि वर्ष देखि रिफाइनिंग र पेट्रोकेमिकलको व्यापार बाहेक रिटेल र टेलीकम सेक्टरमा पनि व्यापार बिस्तार गरेको छ । टेलीकम ब्यापारमा अम्बानीले अहिलेसम्म ५० अर्व डलर लगानी गरिसकेका छन् । उनको  जियो ३ वर्षमा भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको छ । रिलायन्सले इ(कमर्सको क्षेत्रमा पनि हात हाल्ने तयारी गरिरहेको छ । 

भारतमा यसरी राज गरिरहेको यो धनी कम्पनीको स्थापना कसले कसरी भएको थियो भन्ने सबैलाई चासो पक्कै पनि हुन्छ । अम्बानी ग्रुपका संस्थापक धिरुभाई अम्बानी अर्थात धिरजलाल हिराचन्द अम्बानीले ५० हजारमा शुरु गरेको यो कम्पनी आज विश्वको धनी कम्पनीमध्येमा पर्न सफल भएको छ । 

उनै धिरुभाई अम्बानीको आज २८ डिसेम्बर जन्ममिति परेको छ । उनले २००२ मा नै उनले निधन भइसकेको छ तर, उनले आफ्ना दुई छोरा अनिल र मुकेश अम्बानीलाई अर्बौ रुपैयाँको सम्पत्ति छोडेर अलविदा भएका थिए । 

१९४९ मा उनी आफ्ना नातेदार रमणिललासँग यमन गए र त्यहा ग्यास स्टेसनमा अटेन्डेन्डको काम गरे  उनले त्यहा प्रतिमहिना २०० भारु कमाउने गरेका थिए । केहि समय यमनमा काम गरेपछि उनी फेरि भारत नै फर्किए र गुजरातको जुनागढ स्थिति माउन्ट गिरनारमा  तिर्थयात्रीका लागि भुजिया बेच्न थाले । केहि सयमसम्म यहा भुजिया बेच्ने काम गरेपछि उनले व्यापारलाई नयाँ तरिकाले गर्ने सोचका साथमा एक कार्यालय स्थापना गर्ने सोच बनाए ।   

धिरुभाई अम्बानीले ५० हजार भारु र दुईजना सहयोगीका साथमा आफ्नो व्यापार शुरु गरेका थिए । उनले आफ्नो पहिलो कार्यालय राख्न जम्मा ३५० वर्गफुटको कार्यालय, एउटा कुर्सी, दुई सहयोगी र एक टेलिफोनको साथमा १६ वर्षको उमेरमा आफ्नो व्यापार थालेका थिए ।

उनले आफ्नो व्यापार शुरु गर्दा १० कक्षा भने पास गरिसकेको थिए । १७ वर्षको हुँदा उनले आफ्नै व्यवसायबाट आम्दानी समेत गर्न थालिसेको थिए । उनले केहि समय भारतको बजारको गतिविधि अवलोकन गरे । आफ्नो अवलोकनबाट भारतलाई आवश्यक पर्ने र भारतबाट बाहिर जाने बस्तुका बारेमा राम्रो ज्ञान प्राप्त गरे । त्यसपछि उनले भारतमा पोलिस्टरको माग रहेको थाहा पाएर विदेशबाट पोलिस्टर ल्याउर बेच्न थाले । उनले साथमा भारतबाट विदेशमा मसला उत्पादन गरेर बेच्न थाले । 

त्यसको केहि वर्षपछि उनले रिलायन्स कमर्श कर्पोरेसन नामको कम्पनी स्थापना गरे ।  यहि कम्पनीबाट मसला विदेशमा निर्यात गर्न थाले भने पोलिस्टर विदेशबाट आयात गर्न थाले । सन् २००० सम्ममा यो कम्पनी भारतको सबैभन्दा धनी कम्पनी बनाउन धिरुभाई अम्बानी सफल भइसकेका थिए ।

धिरुभाईले त्यसपछि पेट्रोकेमिकल्स, टेलिकम्युनिकेसन, इन्फरमेसन एण्ड टेक्नोलोजी, उर्जा, क्यापिटल मार्केट, पावर, टेक्सटाइल आदिको उद्योग स्थापना गरे । छोटो समयमा उनले व्यापारको क्षेत्रमा एक मिसायल कायम गर्दै सन् २००२ को जुलाईमा उनको निधन भयो । उनले २००२ सम्ममा कम्पनीको सम्पत्ति ६२ हजार करोडको बनाइसकेका थिए । 
 

प्रतिक्रिया दिनुहोस