aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सानेपाको कवाडखानामा आगलागी, नियन्त्रणको प्रयास जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ पुस २०७६
सानेपाको कवाडखानामा आगलागी, नियन्त्रणको प्रयास जारी
काठमाडौँ । ललितपुरको सानेपा स्थित रहेको एक कवाडखानामा आगलागी भएको छ । शनिवार साँझ करिब सवा ८ बजे कवाडखानामा आगलागी भएको हो । दमकल, प्रहरी प्रशासन र स्थानीयको सहायोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

ग्यासको सिलिन्डरबाट आगलागी भएको हुन सक्ने अनुमान भए पनि क्षति तथा घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस