aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मलेसियाकाे श्रम स्वीकृति लिने दाेब्बरले बढे

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, १३ पुस २०७६
मलेसियाकाे श्रम स्वीकृति लिने दाेब्बरले बढे

काठमाडाैं ।  कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन्।

२ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले बृद्धि भएको छ। भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएको थियो।

कात्तिक र मंसिरमा मात्रै सात हजार २५ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ।

बिभागका महानिर्देशक  भिष्मकुमार भुषालले मागपत्र प्राधिकरणमा आएकाे सुधारसँगै मलेशिया जान श्रम स्विकृति लिने श्रमिककाे संख्या बढ्दै गएकाे बताए ।

प्रतिक्रिया दिनुहोस