aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सभामुख चयन र एमसीसीकाे ५५ अर्ब अनुदान लिने कि नलिने टुङ्गिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
सभामुख चयन र एमसीसीकाे ५५ अर्ब अनुदान लिने कि नलिने टुङ्गिएन

काठमाडौं । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त  सभामुख पद र एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बिषयमा बसेकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

अमेरिकाले दिने यो सहयोग इण्डो प्यासिफिक रणनीति अन्तर्गत भएको समाचार प्रकाशमा आएपछि नेकपाका लागि यो टाउको दुखाइको विषय बनेको छ ।

सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नगरेको जानकारी दिए ।

। उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ । यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन ।

नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम-कारबाही प्रभावित हुँदै आइरहेको छ । आइतबार पनि यसबारे नेकपाले निर्णय लिन नसकेकाले संसदको अन्योलता थप चुलिने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस