aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौँडा राख्ने नेकपाको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
प्रदेश ३ को नाम बागमती, राजधानी हेटौँडा राख्ने नेकपाको निर्णय

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ। आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय लिँदै त्यही अनुसार नाम र राजधानी कायम गर्न मातहतको कमिटीलाई निर्देशन दिएको हो।

नेकपाको आइतवार बसेको बैठकले दिएको निर्देशनको जानकारी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलकहाँ पनि पुगेको बताईएको छ । 

 प्रदेश ३ को राजधानीलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको थियो ।   प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो। 

सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन् भने  प्रदेश १, २, ३ र  ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस