
कास्की । तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो । गुरुङ समुदायको सांस्कृतिक चाड तमु ल्होसारका दिन पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार बिदाको सूचना प्रकाशन गरि बिदाको जानकारी दिएको हो ।
सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् । तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय शुक्रबारै प्रदेश सरकारले गरेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस