aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अब सामाजिक सञ्जालमा जथाभावी लेखे कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
अब सामाजिक सञ्जालमा जथाभावी लेखे कारबाही

काठमाडौैं । संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद समितिले विधेयक पारित गरेको हो ।

समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन् । कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको थियो ।

विधेयकमा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ छलफलमा विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनु पर्ने माग उठेको थियो ।

प्रतिक्रिया दिनुहोस