aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ, २ प्रहरी घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ, २ प्रहरी घाइते

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् । 

रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा ढु‌ंगामुढा हुँदा २ जना प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको प्रहरीको दावी छ ।

घटनापछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस