aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कस्तुरीको विना सहित १ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
कस्तुरीको विना सहित १ जना पक्राउ

काठमाण्डौं । महानगरीय प्रहरी कार्यलय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले कस्तुरीको विना सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आईतबार साँझ गोगंबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका(७ का ३८ वर्षीय श्याम राईलाई चावहील गणेशस्थानबाट कस्तुरीको सहित पक्राउ गरेको छ  ।

 शंका लागी चेकजाँच गर्दा प्रहरीले राईको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अबस्थामा  बरामद गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत गौशालाबाट थप अनुसन्धान  भईरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस