
सर्बिया । सर्बियाले सन् २०२५ सम्ममा आर्थिक सुधारको लागि १४ अर्ब यूरो लगानी गर्ने भएको छ । सर्बियामा राष्ट्रपति एलेक्जेन्डर वुसिकले आइतवार उक्त योजनाको घोषणा गरेका हुन् ।
मानिसको जीवनस्तरमा सुधार तथा पूर्वाधार विकासको लागि सर्बियाले यस्तो योजना ल्याएको हो । राष्ट्रपति वुसिकले यूरोपेली संघको मापदण्ड अनुसारको पूर्वाधार निर्माणका लागि पनि यो लगानी महत्वपूर्ण हुने बताए ।
सर्बियामा हुन गइरहेको राष्ट्रिय निर्वाचनभन्दा पहिले सर्बियाको सरकारले यस्तो योजना ल्याएको हो । सर्बियामा आगामी अप्रिल वा मेको शुरूमा निर्वाचन हुँदैछ ।
राष्ट्रपति वुसिकले अहिले अघि सारिएको योजनामध्ये ९ अर्ब यूरो रोड तथा रेलमार्गजस्ता पूर्वाधार निर्माणको लागि खर्च हुने बताएका छन् । बाँकी रकम भने जलवायु संरक्षण, अस्पताल, विद्यालय र व्यावसायिक वातावरणमा सुधार ल्याउन प्रयोग गरिने छ ।
अहिले अघि सारेको योजनाले पश्चिमा मुलुकमा काम गर्न जाने सर्बियाका नागरिकको संख्यामा पनि कमी आउने विश्वास लिइएको छ । सर्बियाको आर्थिक वृद्धिदर यस वर्ष ४ प्रतिशत रहने अपेक्षा छ । यो अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले प्रक्षेपण गरेको भन्दा बढी हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस