aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकी आक्रमणमा २५ को मृत्यु, ५० घाईते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
अमेरिकी आक्रमणमा २५ को मृत्यु, ५० घाईते

एजेन्सी । अमेरिकाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा गरेको आक्रमण कम्तिमा २५ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

आक्रमणमा कताइब हिज्बुल्लाह समूहका लडाकु मारिएको इराकी सुरक्षा अधिकारीले जनाएका छन् । इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो ।

उक्त स्थान सिरियानजिकै पर्छ । किरकुकमा भएको रकेट आक्रमणमा अमेरिकी ठेकेदार मारिएपछि अमेरिकाले यो जवाफी आक्रमण गरेको हो । हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियार भण्डारण गर्ने स्थानलाई निशाना बनाएर आक्रमण गरिएको बताइएको छ ।

अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गरिने चेतवानी दिएका छन् ।

इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो । एजेन्सी  

प्रतिक्रिया दिनुहोस