aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मेरोमाइक्रोफाइनान्स लघुवित्तद्धारा स्वास्थ्य शिविर सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
मेरोमाइक्रोफाइनान्स लघुवित्तद्धारा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । सिराहाको गोलबजारमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका कसाहामा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो । 

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय असनपुरका साथै आर के मेडिसिटि, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा ३ सय भन्दा बढीले लाभ लिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए । 

एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघर सम्बन्धी बिभिन्न रोगहरुको टेष्ट गर्नुका साथै औषधी वितरण गरिएको भण्डारीले जानकारी दिए । शिविरमा नगरपालिकाका वडाध्यक्षहरुले एक दिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरु लावान्भित भएको बताएका छन् । 

सो अवसरमा जनस्वास्थ्य संग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने समेत बताए । आफ्नो वडाहरुले जनजीवनसंग सम्बन्धीत यस्ता कार्यक्रमहरुमा साथ, सहयोग रहने बताएका थिए । 


 

प्रतिक्रिया दिनुहोस