aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एड्स नलाग्ने बच्चा बनाउने चिनियाँ डाक्टरलाई जेल सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
एड्स नलाग्ने बच्चा बनाउने चिनियाँ डाक्टरलाई जेल सजाय

एजेन्सी । जिनमा परिवर्तन गरेर जैविक रुपमा नै फरक प्रकारको बच्चा बनाउने चिनियाँ चिकित्सकलाई त्यहाँको अदालतले ३ वर्षको लागि जेल सजायँ तोकेको छ। अब उनले प्रजनन् सम्बन्धि कुनैपनि अनुसन्धान जीवनभर गर्न नपाउने गरि प्रतिवन्ध समेत लगाइएको छ ।

हि जिअङ्कुइ नामक ति शोधकर्ताली गरेको प्रयोग र पाएको सफलता प्रति विश्वको ध्यान आकर्षित भएको थियो। गत वर्ष उनको अनुसन्धानबारेको तथ्य बाहिर आएपछि उनि बिरुद्धको मुद्धामा दक्षिणी चीनको एक अदालतले निजलाई ३० लाख चिनियाँ युआन अर्थात् चार लाख ३० हजार अमेरिकी दरल जरिवानासमेत गरेको छ ।

उनलाई सहयोग गर्न्वे अन्य दुईलाई पनि अदालतले जेल सजायँ तोकेको छ । चिनियाँ सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार   ज्हंग रेंलीलाई दुई वर्ष र किन  झिन्श्होउलाई १८ महिनाको जेल सजायँ तोकिएको हो । उनीहरु दुवै जनाले आगामी दुई वर्षसम्म कुनै प्रकारको अनुसन्धान गर्न पाउने छैनन् ।

हि को बारेमा यो पहिलो अदालती आदेश हो जो गतवर्ष उनको अनुसन्धानबारे बिश्वब्यापी चर्चा हुनथाले पछि सार्वजनिक रुपमा हराएका थिए। उनले बच्चाको भ्रुणमा नै जिन परिवर्तन गरेर एचआईभी एड्स नलाग्ने बच्चा बनाएका थिए। उनको यो कार्यबाट जीन(इञ्जिनियरिङ्ग प्रविधिको नै गलत प्रयोग भएको भन्दै ब्यापक रुपमा बिरोध भएको थियो।

बैज्ञानिकहरुको अन्तराष्ट्रिय समुदायले उनको अनुसन्धानमा नयाँ ज्ञानको गलत प्रयोग भएको  भन्दै निन्दा गरेको थियो।  उनले गरेको यो प्रयोग त्यतिबेला मात्र बाहिर आयो जव जुम्ल्याहा बच्चीहरु जन्मिए। उनीहरुका आम र बाऊ दुबैजनालाई एड्स भएको थियो।

यो क्रममा एड्स लागेका त्यस्ता दम्पतिलाई उनले प्रयोग गरेका थिए जो आफ्ना सन्तानलाई त्यो रोगको संक्रमण नभएको होस भन्ने चाहन्थे । यो घटना पछि चीन सरकारले अब उप्रान्त्त मानव जीवनसँग सम्बन्धित यस्तो अनुसन्धान् गर्नु पुर्व सरकारसंग अनुमति लिनुपर्ने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस