
काठमाडाैं । शुक्लागण्डकी नगरपालिका वडा नं–३,रातमाटाबाट आइतबार साँझ हराएका बालक मृत अवस्थामा फेला गरेको छ । मृतक बालक जंगलमा विभत्स अवस्थाम फेला परेको हो ।
२ वर्षीय रविन नेपाली नाम गरेका बालक विभत्स अवस्थामा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
टाउको छुट्टिएको, पेट तथा ढाडको मासु नभएको अवस्थामा बालकको शव फेला परेको डीएसपी लिलाराज लामिछानेले बताएका छन् । शवको प्रकृति हेर्दा चितुवाले खाएको हुन सक्ने आंकलन गरिएको पनि उनले बताए।
यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६ जना बालबालिकाको ज्यान गइसकेको छ। त्यस्तै ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घरदेखि करिब २ किलो मिटरमाथि ढाङढुङ्ग ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा फेला परेको जनाएकाे हाे । बालकलाई जंगली जनावरले खाएको हुन सक्ने प्रहरीकाे अनुमान छ ।
प्रतिक्रिया दिनुहोस