
एजेन्सी । पाकिस्तानी फिल्म निर्देशक जमशेद महमूदले आफु १३ वर्ष अगाडी एक मिडिया मालिकबाट बलात्कृत भएको बताएका थिए । उनको त्यो भनाई संगै त्यहाँ निकै ठुलो हलचल मच्चिएको थियो। तर, उनले गरेको अर्को खुलासाले भने त्यहाँको मिडिया क्षेत्रमा ठुलो कम्पन नै पैदा गरेको छ ।
जमशेदले आफुलाई बलात्कार गर्नेको नाम खुलासा गर्दै पाकिस्तानको सर्वाधिक चर्चित अंग्रेजी पत्रिका डनका सीईओ हामीद हारून नै ति बलात्कारी रहेको बताएका हुन् ।
पाकिस्तानमा जमशेदलाई आम मानिसहरु जमी नामली सम्बोधन गर्ने गर्छन् । शनिवार राति खोलेको नयाँ ट्विटर एकाउन्टबाट ट्वीट गर्दै उनले हारुनलाई यस्तो आरोप लगाएकी हुन् । त्यो ट्वीट उनले आफ्नो फेसबुक पेजमा समेत शेयर गरेकी छिन् ।
हारूनले उनीमाथि लागेको आरोपको बिरुद्ध अदालती कारवाहीमा जाने बताएका छन् । आफु बिरुद्द योजनावद्ध ढंगले आरोप लगाइएको र यो घटना स्वतन्त्र मिडियालाई चुप लगाउने षड्यन्त्रको रुपमा आएको भन्दी उनले त्यसको खण्डन समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस