काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ। प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्ठल नागरिक उड्ययन कार्यालयले जरूरी सूचना नै प्रकाशित गरी विभिन्न वायुसेवा, कम्पनी तथा फर्म र व्यक्तिहरुले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको रकम ३० दिनभित्र बुझाउन भनेको छ।
प्राधिकरणले पुनस् सूचना निकालेले बक्यौता रकम नबुझाउने ७४ कम्पनी, एयरलाइन्स र व्यक्तिको नाममा सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा ८३ करोड ७७ लाख ७८ हजार ४८ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको उल्लेख छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी नेकोन एयरले चार करोड रुपैयाँ भन्दा बढी बुझाउन बाँकी छ।
यसैगरी कस्मिक एयरले ३ करोड बढी र गल्फ एयरले २ करोड रुपैयाँभन्दा धेरै रकम बक्यौता बुझाएका छैनन्। उड्ययन कार्यालयले तोकिएको मिति भित्र बक्यौता तिर्न बाँकी रकम दाखिला नगरे प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ। प्राधिकरणलाई विमान कम्पनीहरुले सबैभन्दा बढी बक्यौता तिर्न बाँकी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक अन्तर्राष्ट्रिय यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँछ । यस्तो शुल्क यात्रुले टिकट किन्नासाथ वायुसेवा कम्पनीको खातामा जान्छ । प्रतिटिकट एक हजार रुपैयाँ वायुसेवा कम्पनीले हरेक महिनाको अन्तिममा प्राधिकरणमा बुझाउनुपर्ने प्रावधान छ । तर, अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले यात्रुबाट पैसा उठाएर सरकारलाई भने नतिरी बस्ने गरेका छन् । बक्यौता चुक्ता नगर्नेहरुमा एयर एसिया, जेट एयरलगायत छन् जसले टाट पल्टिएको भन्दै नेपालमा सेवा नै बन्द गरिसकेका छन् ।
हेर्नुहोस् बक्यौता रकम नबुझाउनेहरूको सूची

प्रतिक्रिया दिनुहोस