aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्ने कल्पना नगर्नुस्ः मुख्यमन्त्री पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्ने कल्पना नगर्नुस्ः मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरेका छन् ।  उनले आफू मुख्यमन्त्री नभएको भए हेटौंडामा प्रदेशसभाको पहिलो बैठक भन्दा नबस्ने भन्दै अब स्थायी हुन् पक्का भएको जिकिर गरे ।

‘म मुख्यमन्त्री नभएको भए एक दिन बैठक बसेर राजधानी जान्थ्यो, मै भएको भएर राजधानी हेटौंडामै १५ महिना रहयो अब स्थायी बन्छ’ उनले भने ।

मंगलबार हेटौंडा एफएमको १४ औं वार्षिक उत्सवमा उनले प्रदेश सरकारले काम गर्न सकेन भन्नु गलत भएको बताए । उनले प्रदेश सरकार बाटो बनाउँदै दौडने तयारीमा रहेको भन्दै अब स्थायी मानसिकताका साथ सरकारको काम देखिने दावी गरे ।

प्रदेश सरकारले सोचेको भन्दा धेरै काम गरेको दावीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस