aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सोह्रखुट्टेमा ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिँदै घरमा जोत्तिएपछि ...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
सोह्रखुट्टेमा ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिँदै घरमा जोत्तिएपछि ...

काठमाडौं । काठमाडौं सोह्रखुट्टेमा ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ।

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो। ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ।

ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई बसन्त थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस