aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

घरभाडामा बस्ने र छाड्नेहरूको नियमित अभिलेख राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
घरभाडामा बस्ने र छाड्नेहरूको नियमित अभिलेख राखिने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृहको निष्कर्ष छ।

‘घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण जानकारी एवम् छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवम् अद्यावधिक अभिलेख राख्‍ने निर्णय भएको छ,’ गृह स्रोतले भन्यो ।

मंगलबार गृह मन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसहितको बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदम चाल्न निर्देशनसमेत दिएको छ ।

विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस