aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुडानमा २९ प्रहरीलाई मृत्युदण्डको फैसला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
सुडानमा २९ प्रहरीलाई मृत्युदण्डको फैसला

सुडान । सुडानमा एक शिक्षकलाई चरम यातना दिएर मारिएको आरोपमा २९ जना प्रहरीमाथि मृत्युदण्डको फैसला भएको छ । गत फेब्रुअरीमा चरम यातनाका कारण प्रहरी हिरासतमै ३६ वर्षिय शिक्षक अहमद अल खैरको मृत्यु भएको थियो ।

सोही घटनामा दोषि पाइएका प्रहरीलाई सुडानस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । अभियुक्ततर्फका एक वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन ।

मृत्यु भएका शिक्षक राष्ट्रपति ओमार अल बसिर विरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका थिए । सरकार विरोधी आन्दोलनका क्रममा सुडकमा एक १ सय ७० भन्दा बढीको मृत्यु भएको थियो । प्रदर्शन चर्कदै गएपछि अल–बाशिरले अप्रिलमा सत्ता छोडेका थिए । एजेन्सी  

प्रतिक्रिया दिनुहोस