aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

निसानका पुर्व अध्यक्ष जापानबाट भागे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
निसानका पुर्व अध्यक्ष जापानबाट भागे

एजेन्सी । चर्चित गाडी निर्माता कम्पनी निसानका पुर्व अध्यक्ष कार्लोस  घोसन जापानबाट भागेर लेबनान पुगेका छन् । उनि माथि जापानको अदालतमा अपराधिक कार्य गरेको अभियोगमा मुद्धा चलाउने तयारी भैरहेको थियो। फ्रान्सबाट प्रकाशित हुने एक अखबारले जनाए अनुसार उनि सोमबार साँझ लेबनान पुगेका हुन् । 

उनको गतिविधिमा जापान सरकारले पूर्ण रुपमा रुक लगाइरहेको बेला उनि कसरी भाग्न सफल भए भन्ने स्पष्ट भएको छैन । उनि माथि आर्थिक अनियमितताको आरोप छ । लेबनान र फ्रान्सको नागरिकता भएका उनि माथिको आन्तरिक अनुसन्धानले घोसनले ३२७ मिलियन डलर भन्दा धेरै रकम अपचलन गरेको देखिएको थियो। 

यस्तो आरोप लागेका उनलाई फ्रेन्च कम्पनि रेनाल्ट र मित्सुबिशीसंगको निसानको सहकार्यको जिम्मेवारीबाट समेत अलग गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस