
काठमाडौं । पार्टीबाट को सभामुख हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टीले निर्णय गर्न नसक्दा लगातार दोस्रो पटक संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।
यसअघि आज बिहान सभामुखको उम्मेदवार टुंगो लगाउनेबारे प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुबै अध्यक्षले यसबारे थप छलफल गर्ने बताएका छन् ।
बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले मंगलबार दिउँसो एक सूचना जारी गरी ११ दिनका लागि प्रतिनिधिसभा बैठक पछि सारिएको जनाएको हो ।
सचिवालयले सूचनामा विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते आइतबार दिउँसो १ः०० बस्ने गरी निर्धारण गरिएको महाचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस