aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारले सुन्यो उखु किसानका कुरा, अब भुक्तानी नगर्ने उद्योगी खोरमा पुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
सरकारले सुन्यो उखु किसानका कुरा, अब भुक्तानी नगर्ने उद्योगी खोरमा पुग्ने

काठमाडौं। उखु खरिद गरेको पैसा नतिरेर किसानलाई रुवाउने चिनि मिलका मालिकहरु अब प्रहरीको खोरमा पुग्ने भएका छन् । बक्यौता रकम नतिर्ने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयले आदेश दिएपछि उखु किसानहरुमा खुसिको संचार भएको छ ।

गृह मन्त्रालय स्थित स्रोतका अनुसार मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै बक्यौता रकम नतिर्ने उद्योगीलाई पक्रउ गर्ने निर्देशन दिएको हो। 

चिनी मिल सञ्चालकहरुले उखुको भुक्तानी नदिएपछि सरकारलाई गुहार्न उखु किसानहरु काठमाडौँ आएका थिए । सरकारले ध्यान नदिएपछि उनीहरु बिगत केहि दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका थिए । यसरी धर्ना बस्ने किसानहरुको दर्दनाक कथा लगातार संचार माध्यमहरुमा प्रकाशित भएपछी बल्ल सरकारले उखुको भुक्तानी नदिने ब्यापारीलाई ठगी मुद्धा चलाउने गरि पक्राउको आदेश दिएको हो ।

हुनपनि कतिपय किसानले त ५ वर्ष सम्मको भुक्तानी पाएका छैनन् । धर्नामा बसेका किसानहरुका अनुसार कुनै किसानले त उद्योगीबाट १२ लाख रुपैयाँसम्म भूक्तानी पाउनुपर्ने रहेको छ ।  

मन्त्रालयले आदेश दिए लगत्तै  प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका जिल्ला प्रहरी कार्यालयलाई त्यस्ता ब्यापारीलाई पक्राउ गर्न पत्राचार गरेको समाचार स्रोतले जनाएको छ । अब उखु किसानले प्रहरी समक्ष गरेको उजुरीको आधारमा त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस