aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक बढ्यो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १६ पुस २०७६
मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक बढ्यो

काठमाडाैं । मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ (बुधबार) बाट नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २ सय रिंगेट पुगेको छ।

यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ हो।  यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक न्युनतम एक हजार एक सय सिंगेट पाउँदै आएका थिए।

मलेसियामा वर्षेनी ४ लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेका छन्। बढाइएको तलब सबैलाई लागू हुने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस