
एजेन्सी । भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ साल २०२०को शुरुवात राम्रो खबर आएको छ । भारतीय कार उत्पादक कम्पनी मारुतीको डिसेम्बर महिनामा २.५ प्रतिशतले विक्रीमा वृद्धिएको छ । मारुतीयले डिसेम्बरमा १२२,७८४ वटा गाडी विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
गतवर्ष सोहि अवधिमा मारुतीले ११,९८०४ वटा गाडी मात्र विक्री गरेको थियो । भारतीय अर्थतन्त्रमा आएको मन्दीका कारण सात महिनादेखि अधिकांश कारउत्पादक कम्पनीको विक्रिमा भारी गिरावट आइरहेको थियो ।
मारुती गाडीमा पनि मध्यम खालका गाडीको विक्रिमा वृद्धि भएको देखिएको छ । मारुतीका वैगनआर, सेलेरियो, स्वफ्टि, बलेनो र डिजायर जस्ता मध्यम खालका गाडिको विक्रिमा वृद्धि भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस