aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नयाँ वर्ष, नयाँ सोच, नयाँ प्रेरणा : जैक मा, जेफ बेजोस र एलन मस्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
नयाँ वर्ष, नयाँ सोच, नयाँ प्रेरणा : जैक मा, जेफ बेजोस र एलन मस्क

काठमाडौँ । नयाँ वर्षमा मानिसहरु कुनै नयाँ कामको थालनी गर्ने, नयाँ प्रतिज्ञा गर्ने जस्ता काम गर्छन् । यदि तपाई सकेको मेहनत गर्दा पनि सफल हुन सक्नु भएको छैन भने आउनुहोस यी हजारौं पटक लडेर पनि हरेस नखाएका र संसार कै सर्वाधिक सफल व्यक्तिको परिचय बनाएकाहरुको छोटो परिचय पढ्नुहोस । पक्कै पनि तपाईलाई यसले प्रेरणा थप्ने छ र सन् २०२० तपाइको जीवनको सर्वाधिक सफल वर्ष बनाउन अग्रसर गराउने छ । सफलता नयाँ सोचमा छ, नयाँ वर्षलाई नयाँ सोच सहित स्वागत गरौँ !

यहाँ दशपटक युनिभर्सिटीमा प्रवेश पाउने र ३० पटक जागिर खाने प्रयत्नमा असफल भएका अलिबाबाका संस्थापक जैक मा, तीस वर्षको उमेरमा जागिर छोडेर ग्यारेजबाट अमेजनको संचालन गरेका जेफ बेजोस र आफुले शुरु गरेको कम्पनी टेस्ला बचाउन चढ्दै गरेको कार बेचेर अहिले संसार कै सबैभन्दा ठुलो इ-कार बनेका  एलन मस्कको बारे यहाँ चर्चा गरिएको छ ।

जैक मा - अलिबाबाका संस्थापक

जैक मा चीनका सबै भन्दा धनि व्यक्ति हुन् । इ- कमर्स कम्पनीका मालिक उनि जीवनमा धेरै पटक असफल भएका व्यक्ति हुन् ।  तर, कहिले पनि हार भने मानेनन् । प्राइमरी कक्षामा नै उनी फेल भएका थिए । पछि  केएफसीमा जागिरको लागि आवेदन दिए तर त्यहाँ पनि असफल भए। चीनको होंगझोऊमा १० सेक्टेम्बर १९६४ मा जन्मेका जैक सानै देखि पढाइमा कमजोर थिए। त्यसैले प्राथमिक बिद्यालयमा हुँदा नै दुई पटक फेल भए। मिडिल स्कुलमा समेत उनि तीन पटक फेल भएका थिए। कलेजको प्रवेश परिक्षामा ४ पटक फेल भएका उनि हार्वर्ड यूनिवर्सिटीमा १० पटक रिजेक्ट भएका थिए।

कलेजको पढाई पुरा भएपछी उनले ३० ठाउँमा जागिरको लागि आवेदन दिएका थिए । तर, सबै ठाउमा उनलाई जागिर मिलेन। अंग्रेजी सिक्नको लागि उनि ९ वर्षसम्म टुरिष्ट गाइड बने । अंग्रेजी सिक्ने उनको त्यो इनोभेटिब आइडिया थियो। केहि व्यापार गरे तर फेरी असफल भए ।  

आखिर उनलाई अलिबाबाली साथ दियो । किनकि उनि निरन्तर प्रयासमा थिए। शायद उनको त्यो धैर्यता र जे पनि काम गर्न सक्ने खुबीबाट प्रभावित भएर होला उनकी पत्नीजैंग यिंगले एक पटक भनेकी थिईन्- मेरो जैकसंग किन प्रेम भयो भने उनि त्यो काम गर्न सक्छन् जुन संसारका अरु सुन्दर पुरुषले गर्न सक्दैनन् । हाल जैक रिटायर्ड भैसकेका छन् । उनि आफ्नो फेयरवेल  पार्टीमा रकस्टारको भेषमा देखा परेका थिए। अबको १५ वर्ष शिक्षण गर्ने उनले बताएका छन् । 

जेफ बेजोस - अमेजनका सीईओ 
जेफ बेजोस संसार कै सबैभन्दा धनि व्यक्ति हुन् ।अमेजनका सीईओ बेजोससंग हाल १३.१६ लाख करोड रुपयाँ सम्पती छ । उनको जन्म १२ जनवरी १९६४ मा न्यू मेक्सिकोमा भएको थियो । उनको बाल्य्काम गरिबिमा बितेको थियो । उनि १७ महिनाको हुँदा उनका मातापिताको सम्बन्धबिच्छेद भएको थियो । उनि चार वर्षको हुँदा उनकी आमाले क्युबाबाट आएका  मिगल बेजोससंग बिबाह गरेकी थिईन् । १६ वर्षको उन्मेर्मा उनि समर जब गर्न म्याकडोनाल्ड गएका थिए। त्यहाँ कहिले वेटर त कहिले कुक भएर काम गरे।

त्यहीबेला कस्टमर सर्भिसको महत्व उनले बुझे । ग्रेजुएसन पछी उनले वाल स्ट्रीटका केहि कम्पनीमा काम गरे । अनि सन् १९९५ मा उनले अमेजनको थालनी गरे। त्यो बेला उनि जम्मा ३० वर्षका थिए।

एलन मस्क:  पे-पलका मालिक  
टेस्ला, पे-पल, स्पेस एक्स, सोलर सिटी लगायत अनगिन्ती इनोभेटिव आइडियाले एलनलाई संसारलाई नै नयाँ दिशाको सुचिमा दर्ता गराएको हो । साउथ अफ्रीकाको प्रिटोरियामा जन्मेका उनि पेशाले इन्जिनियर हुन् ।  उनले पहिलो कम्पनी  एक्स डटकम (पछि पे-पलको रुपमा बदलियो) शुरू गर्नुको पछि रमाइलो कथा छ । वास्तबमा उनि स्टेनफोर्ड यूनिभर्सिटीमा  पीएचडी गर्न चाहन्थे। त्यहाँ भर्ना पनि भए। तर, दोस्रो दिन नै उनलाई लाग्यो कि यो निर्णय गलत भयो । यो समय डटकमलाई नै प्राथमिकतामा राख्नुपर्छ ।  यसरी पे-पल बन्यो । सन् २००८ मा उनको अर्को कम्पनी टेस्ला टाट पल्टने अवस्थामा पुगेको थियो । त्यो बेला आफ्नो मैकलरेन एफ १ कार २० मिलियन डलरमा बेचेर उनले त्यो कम्पनी जोगाए।  आज त्यहि टेस्लाले इलेक्ट्रिक गाडीको भविष्य बनाएको छ । आखिर उनको नयाँ सोचले दुनियाँ नै बदलेको छ । 
 (समाचार एजेन्सीहरुको सहयोगमा )

प्रतिक्रिया दिनुहोस