aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

१ रुपैयाँमै खाने बस्ने सुविधा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
१ रुपैयाँमै खाने बस्ने सुविधा !

इलाम । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका ५ जना पर्यटकलाई १ रुपैयाँमा खाने बस्ने सुविधा दिइएको छ।

पहिलोपटक होटल बुक गर्न आएका ५ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी १/१ रुपैयाँमा खाने बस्ने व्यवस्था गरिएको हो।

इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएको छ।

ilama

पर्यटकलाई थप आकर्षित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रवर्द्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए।

इलाम आइपुगेका जापानी पर्यटक युकिड मितामुरा र चार नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रूपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ। लक्की पर्यटक घोषणा भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्य आफ्नो देशमा बाँड्ने बताए।

प्रतिक्रिया दिनुहोस