aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, १७ पुस २०७६
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं । बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। 

निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो। अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि आईओसीले पठाएको सूची अनुसार मूल्य बढेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ। 

यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो। आयल निगमले हवाई इन्धन र खाना पखाउने एलपी ग्यासको मूल्य भने यतावत रहेको बताएको छ। 

प्रतिक्रिया दिनुहोस