भारत । भारतको जम्मु–कश्मिरमा आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्युको मृत्यु भएको छ ।
बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा २५ वर्षीय अर्जुन थापा मगर र भारतीय नागरिक २९ वर्षीय सावन्त सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन् ।
ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको जनसम्पर्क अधिकृत आनन्दले जनाएका छन् । ‘नायक रघुनाथ र राइफलम्यान मगर बहादुर, जिम्मेवार र साहसी सिपाही रहेको समेत उनले बताएका छन ।
सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस