aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण, प्रधान सेनापति बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण, प्रधान सेनापति बेपत्ता

एजेन्सी । ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता भएका छन् ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो ।

सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए ।

हेलिकप्टरको आकस्मिक अवतरणपछि उद्धार कार्य थालिएको थियो। हेलिकप्टरमा सवार केहीलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन् ।

उद्धार कार्य जारी छ। हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन ।

जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस