aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कारले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
कारले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

बुटवल । बुधबार राति बुटवलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

‍राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस