aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न अल्टिमेटम

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिइएको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाडी (रमाना बुझी) सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन भनेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त  हाजिर हुन पाएकी थिइनन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई पत्र लेख्दै १२ घण्टाभित्र चितवनबाट रमाना लिएर सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस