
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो ।
मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८।५ प्रतिशत फछ्र्यौट भएको गृहमन्त्रालयले जनाएको छ ।
गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल १०/१० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन् ।
त्यस्तै, तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उप–सचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवर ८/८ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस