aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भीसीटीएसबारे नाडा र राजस्व अनुसन्धान विभागविच छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
भीसीटीएसबारे नाडा र राजस्व अनुसन्धान विभागविच छलफल

काठमाडौं । नाडाका नवनिर्वाचित कार्यसमितिले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग भेटघाट गरेको छ । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यिय नाडा प्रतिनिधिमण्डलले  भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) को कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा छलफल गरेको छ ।

यही पुस १६ गते नाडा प्रतिनिधिमण्डलले मुलतः अटोमोवाइल व्यवसायीमा भीसीटीएसबारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परेको जानकारी गराए । छलफलका क्रममा महानिर्देशक मैनालीले भीसीटीएस व्यवसायीकै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताए ।

उनले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भए पछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुने भन्दै व्यवसायीकै सहजताको लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको जानकारी गराए । छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भीसीटीएसबारे अटोमोबाइल व्यवसायीलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट विज्ञको अपेक्षा गरेको जानकारी गराए । 

महानिर्देशक मैनालीले पनि विभागले राखेको कम्प्युटराइज्ड सिस्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराए । सरकारले राजस्व चुहावट न्युनीकरण गर्दै व्यावसायिक क्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्देश्यले भीसीटीएस कार्यान्वयनमा ल्याएको थियो ।

नाडाको इतिहासमा राजश्व अनुसन्धान विभागसंग यसरी औपचारिक रुपमा छलफल गरिएको पहिलो भएको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस