aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्

काठमाडौं । मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 

१४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो । सरकारले चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ।

साथै, गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ । 
 

बिस्तृतमा

प्रतिक्रिया दिनुहोस