aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राजपत्रअनंकितदेखि श्रेणीविहीनसम्मका कर्मचारीको पदपूर्ति रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
राजपत्रअनंकितदेखि श्रेणीविहीनसम्मका कर्मचारीको पदपूर्ति रोकियो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको पदपूर्ति स्थगन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, प्राधिकरण, सातवटै प्रदेश र ७७ वटै जिल्ला समन्वय समितिको कार्यालयलाई पत्र लेख्दै तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयको उक्त निर्देशनसँगै अब राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको पदपूर्ति तत्काल नहुने भएको छ। राजपत्रअनंकित कर्मचारीअन्र्तगत नायब सुब्बा, खरिदार र श्रेणीविहीन कर्मचारीअन्र्तगत कार्यालय सहयोगीहरू पर्दछन् ।

मन्त्रालयको यो निर्णयसँगै लोकसेवा आयोगले पुस अन्तिम बुधवार गर्ने राजपत्र अनंकित प्रथम श्रेणीका पदको पदपूर्तिको विज्ञापनसमेत रोकिएको छ। अब लोकसेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार नायब सुब्बा, खरिदार र कार्यालय सहयोगी पदमा अर्को निर्णय नभएसम्मका लागि पदपूर्ति हुनेछैन ।

मन्त्रालयले पदपूर्तिसम्बन्धी माग स्थगन गर्न भन्दै विभिन्न मन्त्रालय, निकाय, प्रदेश र समितिहरूमा पठाएको पत्रमा कर्मचारी समायोजनपछि पदस्थापनको काम चलिरहेकाले नयाँ कर्मचारी माग गर्दा दोहोरो परी व्यवस्थापनमा समस्या पर्ने भएकाले हाललाई नयाँ कर्मचारी माग नगर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस