aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इरानी सैन्य कमाण्डर अमेरिकी हमलामा मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
इरानी सैन्य कमाण्डर अमेरिकी हमलामा मारिए

काठमाडौं । अमेरिकी हवाई हमलामा इरानका सैन्य कमाण्डरको मृत्यु भएको छ । अमेरिकाले इरानको कुर्द सैन्य फोर्सका प्रमुख जनरल कासिम सोलेमानीलाई मारेको दावी गरेको छ । सोलेमानीलाई इराकको राजधानीस्थित बग्दाद इन्टरनेशन एयरपोर्टमा हवाई हमला गरि मारेको अमेरिकी दावी छ ।

 सोलेमानीलाई इरानका सर्वोच्च नेता आयोतुल्लाह खामेनीको विश्वास पात्र मानिन्छ । सोलेमानीसँगै हिजबुल्लाहका कमाण्डर अबु महदी अल मुहांदिस पनि मारिएको दावी अमेरिकाले गरेको छ । अमेरिकी रक्षा विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार हवाई हमला गरिएको र त्यसमा सोलेमानीको मृत्यु भएको दावी गरेको छ ।

 सोलेमानीको अगुवाईमा मध्यपूर्वमा आफ्ना नागरिकमाथी आक्रमण भैरहेको अमेरिकी दावी छ । अमेरिकाले संसारको जुनसुकै कुनामा रहेका आफ्ना नागरिकका रक्षाका लागि आफुले जस्तो सुकै कदम चाल्ने बताउँदै आएको छ । सोलेमानीको मृत्युपछि मध्यपूर्वमा थप हिंसा मच्चिने आशंका गरिएको छ । यो घट्नाले अमेरिका र इरानबिच युद्धको सम्भावना समेत रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस