aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रधानमन्त्री पद ताकेका बामदेवले किन पाएनन् राष्ट्रिय सभा उम्मेदवार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
प्रधानमन्त्री पद ताकेका बामदेवले किन पाएनन् राष्ट्रिय सभा उम्मेदवार ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाएको हो ।  

पार्टी प्रवक्ता नारायणकाजीलाई समेत उम्मेदवार बनाउने निर्णय गरेको नेकपाले उपाध्यक्ष बामदेव गौतमलाइ भने छुटाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरेसँगै गौतमले प्रधानमन्त्री बनाउनु पर्ने माग गरेका थिए ।

बिहीबारको बैठक लामोसमयसम्म यहीँ विषयमा केन्द्रित थियो । केहीबेर गौतम र ओलीबीच चर्चाचर्की नै परेको स्रोतले जनाएको छ । श्रोतका अनुसार गौतमले आफु प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै संसद बन्ने अडान राखेका थिए । राष्ट्रिय सभा सदस्य बनेर प्रधानमन्त्री निर्वाचित हुन नपाउने संबैधानिक व्यवस्थाका कारण गौतम आफैंले राष्ट्रिय सभाको बाटो बन्द गरेका हुन् ।

बैठकमा गौतमले आफु प्रधानमन्त्रीका लागि योग्य भएको र नेतृत्वले पनि पटक पटक आस्वासन दिएकाले प्रधानमन्त्री बन्न पाउनु पर्ने तर्क गरेका स्रोतको भनाइ छ । 

गौतमको तर्क सुनेका अध्यक्षद्वयले प्रतिनिधिसभा सदस्य भएपनि अहिले प्रधानमन्त्री बनाउन नसकिने जवाफ दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस